कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि सवारी सञ्चालनको तयारी
सम्बाददाता

भदौ २९, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ । सडक पहिरिएको १५ दिनमा ट्रयाक तयार गरी यो काम थालिएको हो ।

भदौ १४ गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भासिएपछि ठप्प भएको यातायात सेवा असोज १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको प्राविधिकहरूले बताएका छन् । सडकको दिगोपनका लागि पानी नजम्ने गरी नाली निर्माण गर्नुका साथै सवारीसाधन सहज रूपमा सञ्चालन गर्न ग्राभेलिङको काम अगाडि बढाइएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिए ।

No data was found

करिब एक सय मिटर सडक भासिएपछि त्यसलाई पार गराउन करिब तीन सय मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ । सडक विभाग र प्राविधिक टोलीको अध्ययनअनुसार अवरुद्ध क्षेत्र जोड्न भिरतर्फ करिब ३० मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो ।

सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र निर्माण व्यवसायीको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि सवारी सञ्चालनको तयारी

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

बाढीको बहाबले हानेर क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलाको पुल

हरितालिका पर्व : काठमाण्डौ पशुपति क्षेत्रमा व्रतालुको लाम, धादिङमा छैन चहलपहल

यो पनि पढ्नुहोस
सम्बाददाता