धादिङ। सिद्धलेकका किसानहरुलाई बोयर जातका ब्याड बोका उपलब्ध गराइएको छ । पालिकाभित्रको १३ ओटा किसान समूहलाई अनुदानमा २६ ओटा ब्याड बोका उपलब्ध गराइएको हो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) क्लस्टर इकाइ गोरखाको ७५ प्रतिशत अनुदानमा कृषक समूहलाई बोयर जातको ब्याड बोका उपलब्ध गराइएको पशु विकास शाखा प्रमुख डा. चक्र वलीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, वडा नं. ३ का अध्यक्ष देवबहादुर पुलामी मगर, पशुपालन विज्ञ डा. रामबहादुर बोगटी लगायत प्राविधिक तथा सरोकारवालाहरूको रोहबरमा एउटा कृषक समूहलाई दुई वटाका दरले २६ वटा बोयर बोका हस्तान्तरण गरिएको थियो ।
बाख्रापालन ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने मुख्य आधार भएकाले यस्ता कार्यक्रमले किसानको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विश्वास व्यक्त गर्नुभयो ।