परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

राष्ट्रिय समाचार समिति

भदौ ३१, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा उहाँलाई बधाई दिनुभएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।
यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्नुभयो ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति