नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
राष्ट्रिय समाचार समिति

भदौ ३१, २०८३

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अङ्कले घटेर १५६ दशमलव ५८ मा पुगेको छ ।

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूह नकारात्मक रहेको छ । ४२ कम्पनीको शेयर बढ्यो भने २२५ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

No data was found

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी, नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

धादिङको गजुरीमा बाढी प्रभावित ३०० परिवारलाई खाद्यान्नसहित राहत सामग्री वितरण

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति