नेपाली कांग्रेस धादिङले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहिवार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा अधिवेशनको कार्यतालिका तय गरेको हो।
कार्यतालिकाअनुसार धादिङका सबै वडामा असोज ५ गते वडा अधिवेशन हुने भएको छ। त्यसैगरी असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरिएको छ।

यस्तै, असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिनुभयो।
पार्टीको केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिकाअनुसार धादिङमा पनि विभिन्न तहका अधिवेशन क्रमशः सम्पन्न गर्ने तयारी गरिएको हो।अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइने कांग्रेस धादिङले जनाएको छ।