फुर्केखोलामा तत्काल बेलिब्रिज बनाउन सांसद थपलियाको माग
पाविलन्युज

असोज १, २०८३

धादिङ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि अस्थायी बेलिब्रिज निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले जनताको आवतजावत सहज बनाउन फुर्केखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न माग गर्नुभयो।

उहाँले भन्नुभयो,‘यसअघि पनि बारम्बार यही सम्मानित सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवतजावत दैनिकि सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ ।’ सरकारको ढिलासुस्तीप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो,-‘सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ ! के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो रु धादिङका नागरिकहरूले आफैँलाई प्रश्न गर्न थालिसकेका छन् त्यसैले म यस सम्मानित सदनमार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु ! इन्तु परन्तु धादिङको नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ ।’

सांसद थपलियाले बाढीबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका व्यवसायी तथा नागरिकले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नहुन्जेलसम्म मिनाहा गर्नुपर्ने माग पनि गर्नुभएको छ। साथै, पीडितहरूको आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गर्नुभयो।

No data was found

उहाँले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको समस्या दीर्घकालीन रहेको भन्दै तत्काल सडक सञ्चालनसँगै वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने बताउनुभयो। मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिने बैठकमा सांसद थपलियाले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

यो पनि पढ्नुहोस
पाविलन्युज