शिक्षा दिवसमा एआई, जलवायु र शैक्षिक प्रणालीमाथि बहस
सम्बाददाता

असोज २, २०८३

धादिङ । ५४औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा धादिङ आवासीय माध्यमिक विद्यालयको आयोजनामा कृत्रिम बुद्धिमत्ता (एआई),जलवायु परिवर्तन र वर्तमान शैक्षिक प्रणालीसम्बन्धी अन्तरक्रियात्मक बहस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थी रुमन दाहालले नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख डा. मुरारी अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णकुमार श्रेष्ठ र स्रोत व्यक्ति मेघनाथ कोइरालासँग प्रश्नोत्तर गरेका थिए । सो अवसरमा वक्ताहरूले एआई अभिशाप नभई सहयोगी प्रविधि भएकाले यसको विवेकपूर्ण प्रयोगमा जोड दिए । साथै, जलवायु परिवर्तनबाट बच्न वातावरण संरक्षणमा लाग्नुपर्ने र हालैका बाढीजस्ता विपद्बाट पाठ सिकेर सजग हुनुपर्नेमा उनीहरूको जोड थियो ।

त्यस्तै, विद्यार्थी अमिशा रिजालसँगको अर्को सत्रमा स्रोत व्यक्ति कोइरालाले अबको शिक्षा सिक्ने, टिक्ने र बजारमा बिक्ने हुनुपर्ने बताए भने क्याम्पस प्रमुख डा. अधिकारीले सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक तथा व्यावहारिक शिक्षा आवश्यक रहेको औँल्याए ।

No data was found

कार्यक्रममा नमुना संसद् बैठकसमेत आयोजना गरिएको थियो। एसईई २०८२ मा ४ जीपीए प्राप्त गर्ने मुस्कान तामाङ र पाविल श्रेष्ठलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

शिक्षा दिवसमा एआई, जलवायु र शैक्षिक प्रणालीमाथि बहस

बाढीले पुल बगाएपछि नुवाकोटमा विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी

यो पनि पढ्नुहोस
सम्बाददाता