संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख
राष्ट्रिय समाचार समिति

असोज ३, २०८३

बागमती। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

सन्देशमा उहाँले देशको सर्वोच्च कानुन संविधान भएकाले यसको परिपालना सबैको कर्तव्य भएको तथा यसको मर्मअनुरूपको लोकतान्त्रिक कल्याणकारी राज्यको अनुभूति जनतामा दिलाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

शिक्षा दिवसमा एआई, जलवायु र शैक्षिक प्रणालीमाथि बहस

बाढीले पुल बगाएपछि नुवाकोटमा विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति