एमाले आफ्नै बाटो हिँड्छ, खुट्टा तान्दै गर : ओली
सम्बाददाता

असोज ३, २०८३

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्ने, नेतृत्व परिवर्तन हुने लगायतका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले यस्ता प्रचारले आफू र पार्टीको यात्रामा कुनै असर नपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, “पार्टीलाई कमजोर बनाउने प्रयास भइरहे पनि एमाले आफ्नै बाटोमा दृढताका साथ अघि बढ्छ ।” उनले आफू रोएको, पार्टीको नाम र चुनाव चिह्न (सूर्य) समेत गुम्ने अवस्था आएको भन्दै निराश भएकोजस्ता समाचार प्रकाशित भएकोमा सञ्चारमाध्यमप्रति व्यङ्ग्य गरे । “केपी ओली रुँदै थियो अरे, कतै कुनामा बसेर सूर्य चिन्न पनि नपाउने भए, पार्टीको नाम पनि नपाउने भए भनेर टोपी फुकालेर आँसु पुछेर रुँदै थियो अरे‘ भनेर छापेका छौँ,” उनले भने ।

ओलीले यस्ता समाचारलाई ‘सतप्रतिशतभन्दा बढी झुट’ रहेको बताए । पार्टी विभाजनको तयारी भइरहेको, नयाँ अध्यक्ष र महासचिव तय भइसकेको तथा पार्टी फुटाउन कागज तयार भइरहेकोजस्ता समाचार निराधार रहेको उनको दाबी छ ।आगामी असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि एमाले एकता र आगामी कार्यदिशाको संकल्पसहित अझ एकढिक्का र मजबुत भएर अघि बढ्ने उनले बताए ।

No data was found

गायिका कुन्ती मोक्तानको गीतको प्रसङ्ग निकाल्दै उनले भने, “म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर । एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन ।”ओलीले आफू लामो राजनीतिक यात्राबाट यहाँसम्म आइपुगेको उल्लेख गर्दै चुनौती र आलोचनाले विचलित नहुने बताए । महाभारतको प्रसङ्ग जोड्दै उनले आफूलाई भीष्म पितामहसँग तुलना गर्दै भने, “केपी ओली सरसैयामाथि ढलेको छैन, खडा छ, फेरि मैदानमा छ ।” ७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले आफूले तरबार नभई कलम बोकेर राजनीतिक सङ्घर्ष गरिरहेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढी प्रभावितलाई चिनियाँ सहयोग

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

यो पनि पढ्नुहोस
सम्बाददाता