धादिङ । नुवाकोटे र्यापर सागर सुनारको नयाँ गीत ‘अस्मिता गायब’ सार्वजनिक भएको छ ।
समाजमा रहेका विकृति र विसंगतीलाई र्याप मार्फत प्रस्तुत गर्दै आएका सुनारले यसपटक बलात्कारजस्तो जघन्य अपराध र त्यसपछि पीडितलाई कसरी मर्न बाध्य पारिन्छ भन्ने विषयलाई मार्मिक ढंगले उठाएका छन् ।
सागर सुनार नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले छोटो समयमै दर्शक तथा स्रोताबाट व्यापक माया बटुल्न सफल भएको छ । यसअघि उनले ‘प्रश्न’, ‘सिटामोल’ र ‘किसान’लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् । नुवाकोटमा जन्मिएका सुनार हाल काठमाडौंमा हिपहप संगीतको क्षेत्रमा संघर्षरत छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0