धादिङ । भदौ १० र १४ गते आएको बाढीका कारण क्षतिग्रस्त बनेका धादिङका झोलुङ्गे पुलहरूको मर्मत सुरु भएको छ ।
बाढीले क्षति पुगेर पनि मर्मत गर्न सकिने अवस्थाका पुलहरुको मर्मत थालिएको हो । गल्छि–२ र ४ जोड्ने झोलुङ्गे पुल र सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थानको पुल मर्मत सुरु भएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनमार्फत अन्य ५ वटा झोलुङ्गे पुल पनि मर्मत हुने भएको छ । गल्छि–२ र ४ जोड्ने शितलबजार क्युरेनीटार झोलुङ्गे पुल, गल्छि–१ र ६ मा जोड्ने महेशदोभान मास्टर, सिद्धलेक–३ र बेनीघाट रोराड–३ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु गर्ने भनिए पनि काम भने सुरु भइसकेको छैन ।
नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने केउरेनी र फोस्रेटारको झोलुङ्गे पुल पनि मर्मत गरिदैछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
