प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
राष्ट्रिय समाचार समिति

असोज ४, २०८३

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ ।
चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको ग्वान्झाउ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी हुनुहुन्छ । प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनुहुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

बाढी प्रभावितलाई चिनियाँ सहयोग

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति