धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !
पाविलन्युज

असोज ५, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङमा आन्तरिक विवाद फेरि एकपटक सतहमा आएको छ । जिल्लाका १०४ वटै वडामा आज वडा अधिवेशन हुँदै गर्दा नेताहरूबीच पुनः स्पष्ट कित्ताकाट देखिएको छ ।

वडा कार्यसमिति सहित अधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रममा जिल्लाभित्रकै नेताहरूको व्यक्तिगत र गुटगत समीकरण हावी भएको हो ।

वडा अधिवेशन सुरु हुँदै गर्दा गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी एवं् नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानासहित नेता रमेश धमला र दिलमान पाख्रिनकोे सामूहिक तस्बिर सार्वजनिक गर्दै साझा प्रतिबद्धता व्यक्त गरेको समाचार बाहिर आएसँगै जिल्लाको राजनीतिक माहोल अचानक फेरिएको छ । तीनजना नेता एकै ठाउँमा उभिएसँगै जिल्ला सभापति रामनाथ अधिकारी एक्लो देखिएका छन् । यस घटनाले धादिङ कांग्रेसमा भीमप्रसाद ढुंगाना र रामनाथ अधिकारी टिमबीचको दूरी फेरि बढेको स्पष्ट पारेको छ ।

No data was found

अघिल्लो जिल्ला अधिवेशनपछि ढुंगाना टिममा आबद्ध रहेका रमेश धमला आवश्यकताअनुसार दुवैतर्फ ओहोरदोहोर गर्ने पात्रका रूपमा चिनिन्छन् भने दिलमान पाख्रिन प्रायः भीम ढुंगानाकै साथमा रहँदै आएका छन् । यता, यसअघि रामनाथ अधिकारीसँगै उभिने गरेका शेखर समूहका नेताहरू हरि अधिकारी र विश्व अर्याल भने वडा अधिवेशनको गतिविधिमा सक्रिय देखिएका छैनन् । जसले सभापति अधिकारीलाई थप एक्लो बनाएको छ ।

विशेष महाधिवेशनअघि ढुंगाना देउवा समूह र अधिकारी शेखर समूहमा थिए । विशेष महाधिवेशनमा प्रत्यक्ष सहभागिता नजनाए पनि अदालतको निर्णयपछि विशेषमहाधिवेशनबाट आएको नेतृत्वलाई दुवै नेताले “जता चार तारा, उतै हामी” भन्दै स्वीकार गरिसकेका छन् ।
वर्तमानमा दुवै नेता काग्रेसको संस्थापन पक्षमै रहे तापनि केन्द्रीय तहको गुटबन्दीभन्दा जिल्लाभित्रको आन्तरिक शक्तिसंघर्षले नेताहरूलाई जिल्लामा टाढिन बाध्य पारेको छ ।

आज भइरहेको वडा अधिवेशनमा वडासभापतिसहित कार्यसमिति चयन र अधिवेशन प्रतिनिधि छनोटमा कोटा प्रणाली नदेखिए पनि दुवै टिम र नेताका आआफ्नै उम्मेदवारहरू मैदानमा देखिएका छन् । विशेषगरी पालिका सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेकाले दुवै पक्षको मुख्य ध्यान यसैमा केन्द्रित भएको छ, जसले धादिङ कांग्रेसको आन्तरिक राजनीतिलाई थप रोचक बनाएको छ ।
कांग्रेसभित्रकै श्रोतका अनुसार अन्तिममा दिलमान र रामनाथ टिम एकातिर, भीम ढुंगाना र रमेश अर्काेतिर भएर कित्ताकाट हुने शंकेत बलियो देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

यो पनि पढ्नुहोस
पाविलन्युज