बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु
सम्बाददाता

असोज ५, २०८३

धादिङ । भदौ १० गतेको बाढीबाट प्रभावित गजुरी गाउँपालिका–५, गलौदी क्षेत्रमा सरसफाइ तथा पुनःस्थापनाको काम तिब्र पारिएको छ । बाढीले घरभित्र र वरपर थुपारेको लेदो, बालुवा तथा फोहोरजन्य सामग्री हटाउन सुरु गरिएको हो ।

घरभित्र तथा वरपर थुप्रिएको बाक्लो लेदो र पागो हातले मात्र पन्छाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गजुरी गाउँपालिकासँगको समन्वयमा सरसफाइ कार्य अगाडि बढाएको फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत गलौदीको सरसफाइमा दुईवटा डोजर र दुईवटा टिपर परिचालन गरी लेदो र बालुवा हटाउने काम भइरहेको छ । केही घरधनीले आफ्नै प्रयासमा सफाइ थालेपनि सरसफाइमा कठिनाई उत्पन्न भएकोले गाउँपालिकाकै समन्वयमा डोजर प्रयोग गरिएको हो । सरसफाइ अभियानसँगै बाढी प्रभावित क्षेत्रलाई पुनः स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन र स्थानीयलाई सामान्य दैनिकीमा फर्काउन सहयोग पुग्नेछ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

यो पनि पढ्नुहोस
सम्बाददाता