बाख्रापालन प्रवद्र्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण
पाविलन्युज

असोज ५, २०८३

धादिङ । गल्छी गाउँपालिकाका कृषकहरुलाई उन्नत जातका बोयर बोका वितरण गरिएको छ । बाख्रापालन प्रवद्र्धन विशेष सहयोग कार्यक्रमअन्तर्गत गल्छी गाउँपालिकाभित्रका १३ वटा कृषक समूहलाई प्रतिसमूह २ वटाका दरले बोका वितरण गरिएको हो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाइ गोरखाको आर्थिक तथा प्राविधिक सहयोगमा वितरण गरिएको बोकाको विमा समेत गराइएको छ । कृषकहरूको जोखिम न्यूनीकरणका लागि सबै बोकाको बीमा गराइएको आयोजनाका पशु सेवा प्राविधिक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, पशु सेवा शाखा प्रमुख, फानसेप क्लस्टर इकाइ गोरखाका २ जना कृषि अधिकृत, पशुपालन उत्पादन विज्ञ तथा पशु सेवा प्राविधिकहरू सहभागी थिए । बाख्राको मासु उत्पादनमा वृद्धि गर्नुका साथै नश्ल सुधार गरी हाडनाताबीचको पशु प्रजनन हटाउने मुख्य उद्देश्यले बोयर बोका वितरण गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अल्जाइमर चेतना सम्बन्धी जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया

बाख्रापालन प्रवद्र्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

यो पनि पढ्नुहोस
पाविलन्युज