धादिङ । आज ३२ औँ विश्व अल्जाइमर चेतना दिवसको अवसरमा धादिङबेसीमा जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ धादिङको आयोजनामा धादिङ अस्पतालका चिकित्सकबीच अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जेष्ठ नागरिकहरू र चिकित्सकहरूबीच अल्जाइमर रोग, यसका लक्षणहरू, रोकथाम तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य हेरचाहका बारेमा छलफल गरिएको छ । यसता कार्यक्रमले समाजमा अल्जाइमर रोगसम्बन्धी जनचेतना फैलाउन तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
