प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
राष्ट्रिय समाचार समिति

असोज ६, २०८३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको थियो । उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानान्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिनुभएको थियो । “हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भन्नुभयो, “त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।”

No data was found

प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको धारणालाई सकारात्मक रूपमा लिनुहुँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र विचौलिया प्रथाको विरुद्धमा रहेको बताउनुभएको थियो । उहाँले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले भन्नुभयो, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

सुनचाँदीको मूल्य ओरालो

डाटा सेन्टरको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

अल्जाइमर चेतना सम्बन्धी जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति