टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
राष्ट्रिय समाचार समिति

असोज ६, २०८३

काठमाडौँ। नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो ।

टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ । यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ । यसैगरी कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् ।

No data was found

नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ । दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

सियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति