धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा हुने गाउँरनगर अधिवेशनको मिति एक दिन पछि सरेको छ ।
असोज ७ गते गाउँरनगर अधिवेशन गर्ने मिति तय भए पनि प्राविधिक कारण देखाउँदै एक दिन पछि सारेको हो । असोज ८ गते गाउँनगर अधिवेशन हुने नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
कांग्रेसले सोमबार धादिङ जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट वडा कार्यसमिति संगै क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन् । गाउँरनगर अधिवेशनपछि जिल्लाको अधिवेशन प्रक्रिया थप अघि बढ्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0