अझै बनेन नागढुंगामा भासिएको सडक, सवारी एकतर्फी मात्रै
सम्बाददाता

असोज ७, २०८३

काठमाडौं। नागढुंगा ओरालोमा सडक भासिएको २१ दिन बितिसक्दा पनि मर्मतकार्य सम्पन्न हुन सकेको छैन। सडक अझै बन्न नसक्दा यस खण्डमा यातायात सञ्चालन अझै पनि एकतर्फी रूपमा मात्रै भइरहेको छ।

गत भदौ १७ गते नागढुंगा चेक पोस्टबाट करिब ७ सय मिटर अगाडि पात्ले वन क्षेत्रमा २५ मिटर सडक भासिएको थियो। हाल सडकको १२ मिटर तलबाट नयाँ संरचना निर्माण गरी सडक बनाउने काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिएका छन्।

सडक पूर्ण रूपमा मर्मत नभएपछि अहिले यस खण्डबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र मोटरसाइकलहरू मात्र सञ्चालन भइरहेका छन्। अन्य ठूला तथा साना सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग तर्फ डाइभर्ट गरिएको छ।

No data was found

यसैबीच, मलेखु–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा २ सय ५१ मिटर सडक भासिएपछि गत भदौ १४ गतेदेखि काठमाडौंसँगको सिधा सडक सम्पर्क विच्छेद भएको थियो। उक्त स्थानमा पहिरो गएको १८ दिनपछि सडक विभागले जोखिम मोलेर नयाँ ट्र्याक खोलेर दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको हो।

हाल यस मुख्य मार्गमा सवारीसाधनको अत्यधिक चाप रहेको छ। कृष्णभीर खण्डमा बढेको सोही चाप र नागढुंगा ओरालोको सडक समयमै बन्न नसकेको अवस्थालाई ध्यानमा राख्दै हाललाई सुरुङमार्ग खुला गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक 

अझै बनेन नागढुंगामा भासिएको सडक, सवारी एकतर्फी मात्रै

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

यो पनि पढ्नुहोस
सम्बाददाता