नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो
राष्ट्रिय समाचार समिति

असोज ७, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८० दशमलव ३९ मा पुगेको छ ।
सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव १९ अङ्कले   घटेर १५७ दशमलव ८० मा पुगेको छ । विभिन्न कम्पनीका दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर रु छ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूह घटेको छ ।
आज २३ कम्पनीको सेयर बढ्यो भने २५३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायत लगानीकर्ताले कमाएका छन् भने फष्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक 

अझै बनेन नागढुंगामा भासिएको सडक, सवारी एकतर्फी मात्रै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति