बाढी,पहिरोको उच्च जोखिमः पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द
पाविलन्युज

असोज ८, २०८३

धादिङ। बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि आज बेलुका ८ बजेबाट पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाएको हो ।

आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान रहेको भन्दै प्रशासनले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गरी राजमार्ग बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

No data was found

आपतकालीन अवस्थामा नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा कांग्रेस : त्रिपुरासुन्दरीमा देवी, थाक्रेमा सादुराम ! धुनिबेसी, गल्छी र गजुरीमा स्थगित

कांग्रेस धादिङको पालिका अधिवेशन : सिद्दलेकमा भीम, वेनिघाटमा विनोद र गंगाजमुनामा भरत सर्वसम्मत

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

बाढी,पहिरोको उच्च जोखिमः पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द

यो पनि पढ्नुहोस
पाविलन्युज