धादिङ । नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा देवी कुमारी बुर्लाकोटी पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै थाक्रे गाउँपालिकाको सभापतिमा सादुराम थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
योसँगै बिहिबार साँझसम्म नेपाली कांग्रेस धादिङले ५ वटा पालिकाको नेतृत्व चयन गरेको छ । र सिद्दलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई, गंगाजमुनामा भरत बहादुर ढकाल सर्वसम्मत भएका थिए ।
नीलकण्ठ र ज्वालामुखीमा मतदान हुने संभावना प्रवल देखिएको छ । सभापतिका आकांक्षी उम्मेदवारहरुले सामाजिक संजालमा मत माग्न थालेकोले मतदानको संभावना बढाएको हो । सभापतिमा धेरैको दावी भएकोले समय लम्बिएको बताएपनि दुई टिमबीचको आन्तरद्धन्द पनि मिसिएको बुझिएको छ ।
धादिङ क्षेत्र नम्बर १ मा पर्ने धुनिबेसी, गल्छी र गजुरी गाउँपालिकाको अधिवेशन साँझसम्म पनि सहमति नजुटेपछि स्थगित भएको छ । कांग्रेस १ नं. क्षेत्रिय सभापति कुमार सिंखडाले भने वर्षातको कारण देखाउँदै ११ गतेसम्मको लागि स्थगित गरिएको जानकारी दिनुभएको छ ।
कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाका अनुसार रुवीभ्याली, खनिबास र नेत्रावती डबजोङको आज नै टुंगो लाग्नेछ ।