कृष्णभीरसहित पृथ्वी राजमार्गमा ७ ठाउँमा पहिरो, सवारी आवागमन ठप्प
सम्बाददाता

असोज ९, २०८३

धादिङ । कृष्णभीरसहित पृथ्वी राजमार्गमा ७ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेपछि पृथ्वी राजमार्ग ठप्प बनेको छ ।

भदौ १० गतेको बाढीले कटान गरेर भासिएपछी नयाँ डाइभर्सन बनाएर सडक संचालन गरिएको कृष्णभीरमा फेरि सडक अवरुद्ध बनेको छ ।

नयाँ डाईभर्सनलाई टेकोको रुपमा रहेको ग्याबिन जाली त्रिशूली नदी पट्टीको पहिरोले तानेको छ । डाईभर्सन भन्दा माथिल्लो भागबाट पनि लेदो झरिरहेको छ । कृष्णभीरमा हाल सवारी संचालन गर्न सकिने अवस्था नरहेको र वर्षात नरोकिए कोले पहिरोको जोखिम थप बढेको वेनिघाट रोराङ ७ का वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

No data was found

कृष्णभीरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो ।

तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पहिरो पन्छाउने प्रयास भैरहेपनि निरन्तरको वर्षाका कारण समस्या भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीर र पृथ्वीराजमार्ग अन्तर्गत गजुरी कृष्णभीरसम्म (हेर्नुहोस्)

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ जोड्ने राजमार्ग बन्दः काठमाडौँमै रोकिए सवारीसाधन

यो पनि पढ्नुहोस
सम्बाददाता