काठमाडौं लगायत पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ । बुधबारदेखि लगातार भएको वर्षा आजदेखि पूर्वी भूभागबाट सुधार हुँदै आएको मौसममा सुधार भएको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिए ।
‘पूर्वी भूभागमा सुधारको क्रम सुरु भइसकेको छ । त्यहाँ हिजो रातिदेखि नै वर्षा कम भएको छ । धेरैजसो स्थानमा अहिले बादल मात्र लागिरहेको र खासै पानी नपरेको उनले बताए,’ उनले भने ।
यद्यपि काठमाडौंको मौसम पूर्ण रूपमा सफा भइहाल्ने भने होइन । केही समय पानी पर्ने, रोकिने र बीचमा घाम लाग्ने अवस्था हुन सक्ने उनी बताउँछन् ।
पूर्वी भूभागमा मौसम क्रमिक सुधार भए पनि पश्चिमी भूभागमा आज पनि पानी पर्ने सम्भावना छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0