धादिङ । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । थप पहिरो नझरे सडक नियमित संचालन गर्न सकिने बेनिघाट रोराङ गाउँपालिकाका–७ वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिए ।
तत्काल दुईतर्फी सडक सञ्चालनमा ल्याउन भने कठिन छ । सडकको तल्लो र माथिल्लो दुबैतिरबाट पहिरो चल्न थालेपछि बिहीबार राति राजमार्ग अवरुद्ध भएको थियो । पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि नयाँ डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0