गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना
पाविलन्युज

असोज ११, २०८३

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–६ मा दशैंको अवसर पारेर खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “खेलकुदबाट एकता, अनुशासन र स्वस्थ समाज निर्माण गरौँ” भन्ने नारासहित डाँडागाउँ युवा समाजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

युवाबीच आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नुका साथै खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष उत्तम गुरुङले बताउनुभएको छ ।

प्रतियोगिताको विजेता टिमले ७० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स तथा सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

No data was found

समाजका सदस्य सनम विश्वकर्माका अनुसार इच्छुक टिमले कार्तिक ५ गते बिहान ९ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिता सोही दिन बिहान १० बजेदेखि डाँडागाउँ खेलमैदानमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 8

ताजा खबर

कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी

कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

यो पनि पढ्नुहोस
पाविलन्युज