त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित
पाविलन्युज

असोज ११, २०८३

त्रिशूली । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् ।
तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।
      त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई ठाउँमा तथा वडा नं ४,  वडा नं–१२ जोड्ने सिमचौर, वडा नं ५ र ३ जोड्ने देवीघाटमा एक–एक ठाउँमा तुइन जडान गरिएका थिए । निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो ।
“प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो”, उहाँले भन्नुभयो, “मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।”
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख थापाले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याएसँगै धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।
नदी वारपारको एकमात्र साधन तुइन पनि बन्द भएपछि नदीपारिका बस्तीमा बाढीले पुर्याएको क्षति पश्चात पुरिएका घरको भग्नावशष हटाइ खोज तथा उद्धार र राहत वितरणमा समस्या भएको छ । आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएको विदुर नगरपालिका–७ का अध्यक्ष रबिन्द्र नेपालले गुनासो गर्नुभयो ।
नदी पार गर्ने माध्यम नहुदाँ सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा यहाँका बिराम जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । नदी वारपारको सहज माध्यम बन्द हुँदा विदुरबाट त्रिशूली पारीतर्फ विदुरको आठवटा वडा सहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आउजाउ रोकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी

कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

यो पनि पढ्नुहोस
पाविलन्युज