कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने
पाविलन्युज

असोज ११, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने भएको छ ।

महाधिवेशन प्रक्रिया अन्तर्गत तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्दै धादिङ कांग्रेसले क्षेत्रीय तहको अधिवेशनको मिति तय गरेको हो ।
असोज १२ गते दिउँसो १ बजेबाट सुरु हुने खुल्ला सत्रको आवश्यक तीव्र पारेको छ ।

 

No data was found

कांग्रेसले दिएको जानकारी अनुसार सदरमुकाम धादिङबेसीस्थित निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय अगाडि रहेको कभर्ड हलमा दिउँसो १ बजे खुल्ला सत्रको उद्घाटन हुनेछ । अधिवेशनले नयाँ क्षेत्रीय नेतृत्व चयनका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको चयन गर्नेछ ।

वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि छनोट भइसकेकोले जिल्लाको सबै पालिका अधिवेशन नसकिएपनि क्षेत्रिय अधिवेशन गर्न लागिएको नेपाली कांग्रेस धादिङले जनाएको छ । जिल्लाको १३ पालिका मध्ये नीलकण्ठ नगरपालिका, खनियाबास, गजुरी, गल्छी र धुनिवेसी गाउँपालिकाको पालिका अधिवेशन स्थगित छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी

कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

यो पनि पढ्नुहोस
पाविलन्युज