काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य रु १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६५५ कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0