कांग्रेस धादिङ क्षेत्र नं. २ को सभापतिमा नवराज तिमल्सिनाको उम्मेदवारी घोषणा
सम्बाददाता

असोज १२, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २, को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका तिमिल्सिनाले अहिले युवा पुस्ताको प्रतिनिधित्व गर्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी अघि सारेका हुन् ।

विद्यालय समयदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक तथा संगठनात्मक यात्रा सुरु गरेका तिमल्सिनाले अचने माध्यमिक विद्यालयको नेविसंघ इकाई अध्यक्ष हुँदै नेविसंघको क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सम्हालेका छन् ।

No data was found

त्यसपछि नेपाली कांग्रेस धादिङको जिल्ला सदस्य हुँदै जिल्ला सहसचिवको जिम्मेवारीमा पुगेका तिमिल्सिनाले नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पूर्वमन्त्री रामनाथ अधिकारीको सचिवालय प्रमुखका रूपमा समेत कार्यसम्पादन गरेका थिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन आजबाट सुरु भएको छ । करिब १ हजार ७ सय प्रतिनिधि सहभागी हुने अधिवेशनको मतदान भने भोली असोज १३ गते हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ज्वालामुखीका यमनाथ दनैद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

२४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

कांग्रेस नियमित महाधिवेशन पक्षधरले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

यो पनि पढ्नुहोस
सम्बाददाता