कांग्रेस नियमित महाधिवेशन पक्षधरले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने
पाविलन्युज

असोज १२, २०८३

धादिङ । नियमित महाधिवेशन पक्षधर कांग्रेसले १५औँ महाधिवेशन अन्तर्गत धादिङ जिल्लामा नियमित वडा अधिवेशनको तयारी तीव्र पारेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वका अदालतले आधिकारिकता दिएपनि विशेषमहाधिवेशन स्वीकार नगरेका कांग्रेस नेता शेरबहादुर देउवा पक्षका कांग्रेसहरुले छुट्टै अधिवेशनको तयारी थालेको हो ।

१५औं जिल्ला महाधिवेशन तयारी समितिले आज धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अधिवेशनका मितिहरू सार्वजनिक गरेका छन् ।

No data was found

घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज १५ गतेबाट सुरु हुने भएको छ । त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मङ्सिर ४ गते हुने तय गरिएको छ ।

यसैगरी, पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने कार्यतालिका रहेको धादिङ जिल्ला संयोजक गोपाल विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
25%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
75%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

ताजा खबर

ज्वालामुखीका यमनाथ दनैद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

२४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

कांग्रेस नियमित महाधिवेशन पक्षधरले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

यो पनि पढ्नुहोस
पाविलन्युज