धादिङ । नेपाली कांग्रेसको धादिङ क्षेत्र नम्बर २ मा भइरहेको अधिवेशनमा नेता यमनाथ दनैले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस पार्टीभित्र स्थापित र युवामाझ अत्यन्तै लोकप्रिय नेता दनैले आगामी १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि घोषणा गरेका हुन् ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाका वर्तमान अध्यक्ष समेत रहेका दनैले पार्टीको नीति, नेतृत्व र संगठनलाई अझ सुदृढ, गतिशीलता र जनमुखी बनाउने मुख्य उद्देश्यसहित कांग्रेस महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका बताएका छन् ।
स्थानीय तहको सफल र जनपक्षीय नेतृत्व सम्हालेका दनै कांग्रेसभित्र निष्ठावान, परिश्रमी र दूरदर्शी नेताको रूपमा परिचित छन् । आम कार्यकर्ता, युवा वर्ग र शुभेच्छुकहरूको उच्च चाहना र जोडलाई सम्मान गर्दै उम्मेदवारी दिएको उनले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0