परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता
सम्बाददाता

असोज १३, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

दुई मन्त्रीहरूले नेपाल–श्रीलङ्का द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो । भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो ।

No data was found

भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलङ्का मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्नुभएको थियो ।

उहाँहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस धादिङ २ नं.क्षेत्रीय सभापतिका उम्मेदवार राजेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिए

कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी

गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक

काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

यो पनि पढ्नुहोस
सम्बाददाता