नेप्से परिसूचक नौ अङ्कले घट्यो
राष्ट्रिय समाचार समिति

असोज १३, २०८३

काठमाडौँ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर रु  चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ । आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो ।
आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस धादिङ २ नं.क्षेत्रीय सभापतिका उम्मेदवार राजेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिए

कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी

गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक

काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति