काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन
सम्बाददाता

असोज १३, २०८३

धादिङ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष ९नियमित महाधिवेशन पक्षधर०ले धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालनमा ल्याएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका केन्द्रीय प्रतिनिधि धर्मराज अर्यालले सो कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले चुनाव चिन्ह रुख र चारतारे झण्डा आफूहरूकै पक्षमा रहने दाबी गर्दै कार्यकर्तालाई ढुक्क भएर अधिवेशनमा जुट्न आग्रह गर्नुभयो । उहाँले अधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउने र बाटो विराएका नेता-कार्यकर्ताहरू पनि मूलधारमै फर्किने विश्वास व्यक्त गर्नुभयो ।

No data was found

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चता कायम गर्दै क्रियाशील सदस्यताको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी जिल्ला संयोजक गोपाल विश्वकर्माले भौतिक कब्जा राजनीति र कानुनी आधार नभएको उल्लेख गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासबाट न्यायको सुनिश्चिततासहित काँग्रेस अगाडि बढेको स्पष्ट पार्नुभयो । सोही अवसरमा केन्द्रीय प्रतिनिधि अर्यालले संयोजक विश्वकर्मालाई केन्द्रबाट प्राप्त मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

देउवा पक्षले वैधानिकता र विधानको विषयलाई प्रमुख मुद्दा बनाउँदै अधिवेशनको नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ । संयोजक विश्वकर्माका अनुसार असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते क्षेत्रीय तथा प्रदेश र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ । त्यसैगरी प्रदेश अधिवेशन आगामी मङ्सिर ४ गते र केन्द्रीय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते सम्पन्न गर्ने तालिका तय गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस धादिङ २ नं.क्षेत्रीय सभापतिका उम्मेदवार राजेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिए

कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी

गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक

काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

यो पनि पढ्नुहोस
सम्बाददाता