कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी
सम्बाददाता

असोज १३, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार युवा नेता सरोज अधिकारी अहिले मतदाताहरूसँग भेटघाट र मत माग्न व्यस्त भएका छन् ।

लामो समयदेखि पत्रकारिता, सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका अधिकारीले पार्टीको मूलधारको राजनीतिमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

आफ्नो पक्षमा मत माग गर्दै निरन्तर चुनावी अभियानमा खटिएका अधिकारी वि.सं. २०५७ सालमा नीलकण्ठ माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको अध्यक्षबाट राजनीतिक यात्रा थाल्नुभएका अधिकारीले २०५९ सालमा ‘सुनौलो बिहानी’ साहित्यिक पत्रिकाको सम्पादक भएर सञ्चार क्षेत्रमा समेत सक्रिय थिए । पत्रकारितामा सक्रिय रहँदा उनले नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यदेखि कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका छन् भने वि.सं. २०६१ सालमा आरआर क्याम्पसमा नेविसंघको समिति सदस्य रहँदै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा समेत सक्रिय थिए । वि.सं. २०६४ सालदेखि हालसम्म नेपाली कांग्रेसका विभिन्न महाधिवेशन, महासमिति बैठक तथा पार्टीका प्रचारात्मक अभियानमा केन्द्रीय तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले सञ्चार क्षेत्रको अनुभवमार्फत नागरिकका मुद्दा र सार्वजनिक सरोकारका सवाललाई नजिकबाट बुजेका छन् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

कांग्रेस धादिङ २ नं.क्षेत्रीय सभापतिका उम्मेदवार राजेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिए

कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी

गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक

काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

यो पनि पढ्नुहोस
सम्बाददाता