पृथ्वीराजमार्ग १ बजेबाट सञ्चालनमा ल्याउने
सम्बाददाता

असोज १४, २०८३

धादिङ। वर्षाका कारण पहिरो तथा सडक भासिएर अवरुद्ध बनेको पृथ्वीराजमार्ग १ बजेबाट सञ्चालनमा ल्याउने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै थप पहिरो तथा अन्य अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्णरुपमा सञ्चालनमा आउने जनाएको हो।

असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। अहिले पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको र हाल एकतर्फी रुपमा सवारी आवागमन सञ्चालनमा रहेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङकाअनुसार धादिङको कृष्णभीर, परेवाभीर र बाँगेमोड क्षेत्रका पहिरोलगायतका अवरोध हटाएर दिउँसो १ बजेदेखि सडक सञ्चालनमा ल्याउने तयारी छ ।

No data was found

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ। जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेकाले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

साथै सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

कांग्रेस धादिङ-२को मतगणना भोली हुने, धादिङ-१ मा सहमतिको प्रयास जारी

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

इराकबाट अमेरिकी सेना हट्दै

सुनचाँदीको मूल्य बढ्यो

कांग्रेस धादिङको २ नम्बर क्षेत्रीय अधिवेशनको मतदान जारी

यो पनि पढ्नुहोस
सम्बाददाता