धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङको २ नम्बर क्षेत्रीय अधिवेशनको मतदान आज विहान १० बजेबाट सुरु भएको छ ।
असोज १२ गतेबाट अधिवेशन सुरु भएपनि सहमति जुट्न नसकेपछि आज मतदान गरिएको हो । धादिङबेशीस्थित खुला मन्चमा मतदान अहिले पनि जारी रहेको छ ।
धादिङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा ३ जनाको उम्मेदवारी परेको भएपनि राजेन्द्र अर्यालले हिजो साँझ उम्मेदवारी फिर्ता लिएपछि नवराज तिमल्सिना र राजन बुर्लाकोटीबीच मतदान भएको छ ।
त्यस्तै सहमति जुट्न नसकेको क्षेत्रीय पदाधिकारी र सदस्यहरु, प्रदेश पदाधिकारी र सदस्यहरु , केन्द्रिय प्रदेश प्रतिनिधिहरुको पनि मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

