काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0