धादिङ । नियमित महाधिवेशन पक्षधर कांग्रेसले १५औँ महाधिवेशन अन्तर्गत आजबाट धादिङ जिल्लामा नियमित वडा अधिवेशन सुरु गरेको छ ।
नेपाली कांग्रेसको विशेषमहाधिवेशन स्वीकार नगरेका नेता शेरबहादुर देउवा पक्षीय कांग्रेस धादिङका संयोजक गोपाल विश्वकर्माका अनुसार आज दुई दर्जन वडाहरुको अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाको सिद्दलेक, नीलकण्ठ, त्रिपुरासुन्दरी लगायत धादिङ क्षेत्र नम्बर १ का वडाहरुमा अधिवेशन सम्पन्न गरिएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज १५ गतेबाट वडाअधिवेशन गर्ने र प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मङ्सिर ४ गते हुने तय गरिएको छ ।
यसैगरी, पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने कार्यतालिका छ ।