काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्पmबाट समर्थन रहने स्पष्ट गर्नुभयो ।
नेता शाहीले रोजगारीका लागि युवा विदेश जान बाध्य हुने अवस्थाको अन्त्य नभएको भन्दै स्वदेशमा उद्योग, कलकारखाना, स्वास्थ्य संस्थाको थप विकास गर्न आग्रह गर्नुभयो ।
उहाँले बाढीपीडितलाई उचित राहत, क्षतिपूर्तिसहित चाँडो पुनः स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0