धादिङ । धादिङबेशी जोड्ने वैकल्पिक सडक परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक शनिबार बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडकको मर्मतसम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ।प्रशासनका अनुसार असोज १७ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त वैकल्पिक मार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइनेछ।
यस समयमा प्रशासनले धादिङबेसी–सुनौला बजार–भोर्ले–फोस्रेटार–कल्लेरीटार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि यस सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0