धादिङ । नेपाली कांग्रेसका नेता रमेश धमला धादिङ क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित विजयी भएका छन् ।
काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत भएको अधिवेशनबाट धमला १२९७ मतसहित विजयी भएका हुन् । धमलासंगै खुल्ला क्लस्टरबाट भीम प्रसाद ढुङ्गाना (१,१४९), राकेश धमला (१,१४६), दिलमान पाख्रिन तामाङ (१,०६२) विजयी भएका छन् । भीम, राकेश र दिलमान एउटै टीम (धमला टीम)बाट चुनावी मैदानमा गएका थिए ।
कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी ९७५ मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । अधिकारीको टीमबाट जिल्ला सचिव विकास श्रेष्ठ ८१६ पनि विजयी भएका छन् ।
मतदानबाट ईश्वर अधिकारी (९३७), दीपक कोइराला (९१२), झंक नारायण श्रेष्ठ (८१६) र सेतेमान तामाङ (७२३) विजयी भएका छन् । ईश्वर, दीपक, झंक र सेतेमान पनि धमला टीमकै हुन् ।
खुल्ला क्लस्टरबाट महाधिवेशन प्रतिनिधि विजयी हुने १० जना मध्ये ८ जना धमला टीमका हुन् भने अधिकारी टीमबाट २ जना छन् । यो क्लस्टरमा २० जनाबीच मतदान भएको थियो ।
महिला क्लस्टरबाट रिता थापा मगर (१,१४७), कल्पना अधिकारी (१,०६३), यो माया तामाङ (७१८) र लक्ष्मी गिरी (६६६) विजयी भएका छन् । यो क्लस्टरमा ९ जना मैदानमा थिए । त्यस्तै समानुपातिक आदिवासी जनजाति महिला क्लस्टरबाट सिता चोदेन गुरुङ (१,१३१), सरिता राना मगर (९४१) र शान्त कुमारी तामाङ (७४२) विजयी भएका छन् । यो क्लस्टरमा ५ जना प्रतिस्पर्धामा थिए ।
समानुपातिक आदिवासी जनजाति खुल्ला क्लस्टरबाट राजकुमार श्रेष्ठ (८५८), धनबहादुर गुरुङ (७४९) र योगबहादुर तामाङ (७३५) विजयी भएका छन् । समानुपातिक खस आर्य खुल्ला क्लस्टरबाट रामप्रसाद अधिकारी (७१३) र देवीप्रसाद कोइराला (६८५) विजयी भएका छन् ।
युवा खुल्ला क्लस्टरबाट गोपीकृष्ण भण्डारी (८५८) र अश्विन दुवाडी (५५९) विजयी भएका छन् भने पैंतीस वर्षमुनिको युवा महिला क्लस्टरबाट सरिता तामाङ (९०८) विजयी भएकी छिन् ।
श्रमिक क्लस्टरबाट तिलक प्रसाद ढुङ्गाना (७२५), पेशागत विषयविज्ञ क्लस्टरबाट कुल बहादुर गुरुङ (७०२), अपाङ्गता क्लस्टरबाट बिनोद रिजाल (६५३), अल्पसंख्यक क्लस्टरबाट डेभिड घले (९३१), प्रजातन्त्र सेनानी तथा सहिद परिवार क्लस्टरबाट चिजकुमार तामाङ (८६३) र समानुपातिक दलित क्लस्टरबाट राम्री नेपाली (७८३) विजयी भएकी छिन् ।
विभिन्न क्लस्टरहरुबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये अधिकांश धमला टीमका हुन् । प्रदेशसभा कार्यसमितिमा पनि धमलाकै टीमले वर्चस्व पाएका छन् ।
पटक पटकको निर्वाचनमा हार व्यहोरेका धमला यो पटक गेम चेन्जरको रुपमा देखिएका छन् । आफ्नै स्थायी गुट निर्माण नगरी कहिले रामनाथ अधिकारीको टीममा त कहिले भीम प्रसाद ढुंगानाको टीमबाट राजनीतिमा सकृय थिए । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि आफ्नै टीम निर्माण गरि वर्चस्व जमाउन सफल भएका हुन् ।