काठमाडौँ । बेनी–जोमसोम सडक खुल्न अझै ७ दिन लाग्ने भएको छ । यद्यपि मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डअन्तर्गत घासादेखि कोरलासम्मको सडक पहिरो हटाई दुई तर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तातोपानी क्षेत्रमा नदीले काटेको भागमा ‘ब्याककटिङ’ गरी टेवा पर्खाल (Gabion wall) लगाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी पोखरेबजार पुलको पहुँच मार्ग निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ।
राहुघाट हाइड्रोपावर अगाडिबाट बाटो खोल्न आयोजनाले आफ्नो संरचनातर्फ गेबियन पर्खाल लगाउने र टावर हटाउने काम गरिरहेकाले सडक विभागका उपकरणहरू गत ३ दिनदेखि ठप्प छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0