प्रदेश र पालिका सभापतिसहित कांग्रेस धादिङ–१ बाट ४२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
पाविलन्युज

असोज १७, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा विभिन्न क्लस्टरबाट कुल ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

विभिन्न क्लस्टरअन्तर्गत खुला क्लस्टरबाट गरी १० जना सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा बागमती प्रदेशका पूर्वमन्त्री मदुकुमार श्रेष्ठ, नेता कृष्ण रिजाल, अर्जुन प्रसाद उप्रेती, प्रभात किरण सुवेदी, दिपकान्त थपलिया, दिपक कार्की छन् । त्यसैगरी युवा नेता राधाकृष्ण भण्डारीसहित नेता रञ्जित पाठक, शरद अधिकारी र लक्ष्मण अर्याल पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

महिला क्लस्टरबाट वर्तमान संघीय सांसद उर्मिला थपलिया (सिता), नेतृ उर्मिला कंडेल, कविता इटनी र ज्ञानु अधिकारी गरी ४ जना निर्वाचित भएका छन् । श्रमिक क्लस्टरबाट शिव श्रेष्ठ, पेसागत विषयविज्ञ क्लस्टरबाट अर्जुन प्रसाद न्यौपाने, युवा (महिला) क्लस्टरबाट लक्ष्मी सिलवाल र युवा (खुला) क्लस्टरबाट गोकर्ण अर्याल र मनिस उप्रेती निर्वाचित भएका छन् ।

No data was found

अपांगता क्लस्टरबाट बाबुकृष्ण सापकोटा, अल्पसंख्यकबाट सानुराम घले, दलितबाट रमेश वि.क., प्रजातन्त्रसेनानी सहिद परिवार र पिडित क्लस्टरबाट रामहरि कडेल र समानुपातिक दलित क्लस्टरबाट शान्ता सुनार निर्वाचित भएकी छन् ।

आदिवासी जनजाति महिला क्लस्टरबाट सिता थापा मगर, कृपा श्रेष्ठ र सुशिला थापा मगर गरी ३ जना निर्वाचित भएका छन् । आदिवासी जनजाति खुला क्लस्टरबाट जीवन सिं तामाङ, गोपीलाल श्रेष्ठ र दिपक तामाङ गरी ३ जना निर्वाचित भएका छन् । त्यसैगरी खस आर्य महिलाबाट देव कुमारि कार्की, खस आर्य खुलाबाट भरत भट्ट र पुरुषोत्तम रेग्मी निर्वाचित भएका छन् भने मुस्लिम क्लस्टरबाट शेर बकस मिया निर्वाचित भएका छन् ।

विभिन्न क्लष्टरहरुबाट निर्वाचित ३४ जनासहित निर्वाचन क्षेत्र १ मा पर्ने दुई वटा प्रदेशसभाका दुई जना सभापति र ६ वटा पालिकाका ६ जना पालिका सभापतिसहित धादिङ क्षेत्र नम्बर १ बाट ४२ जना नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि जानेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जनताले जिताएका तर, कार्यकताको विजयी मत नपाएका कांग्रेस धादिङका नेताहरु को को ?

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

प्रदेश र पालिका सभापतिसहित कांग्रेस धादिङ–१ बाट ४२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

स्थानीय तह निर्वाचनदेखि कट्टर दुष्मन भण्डारी र श्रेष्ठ एउटै टिमबाट महाधिवेशन प्रतिनिधि

यो पनि पढ्नुहोस
पाविलन्युज