जनताले जिताएका तर, कार्यकताको विजयी मत नपाएका कांग्रेस धादिङका नेताहरु को को ?
शंकर श्रेष्ठ

असोज १७, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत भएको अधिवेशनबाट धादिङका तीनवटा गाउँपालिका प्रमुखहरुले महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाका अध्यक्षहरुले आफ्नै पार्टीको आन्तरिक निर्वाचनमा पराजय भोग्नु परेको हो ।

कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका नेता रमेश धमलाले सर्वाधिक १२९७ मतसहित पहिलो स्थान र नेता सेतेमान तामाङले ७२३ मतसहित दशौं नम्बरको विजयी मत पाउँदा पालिका हाँकिरहेका र जिल्लामा नाम चलेका नेताहरुले प्रतिनिधि मतदाताबाट विजयी मत नपाएका हुन् ।

No data was found

१० जना विजयी हुने महाधिवेशन प्रतिनिधि खुल्लातर्फ २० जनाको उम्मेदवारी परेकोमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै ५५८ मतसहित चौंधौं र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती ४५१ मतसहित पन्धौं स्थानमा परे । अपाङ्गता क्लष्टरबाट उम्मेदवारी दिएका नेत्रावती डबजोङ गाउँपालिका मेघनाथ रिजालले ५०२ मत पाए । युवा नेता विनोद रिजालले उनलाई १५१ मतले पराजित गराए ।

जिल्लामा नाम चलेका र खुल्ला क्लष्टरबाट उम्मेदवारी दिएका यूवा नेता सरोज अधिकारी, पुराना नेता बासु तिमल्सिना र तिलक प्रसाद रुवालीले पनि बाहालवाला जनप्रतिनिधिले जस्तै पराजय भोग्नु परेको छ ।

कांग्रेसको ११औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रातिनिधि निर्वाचित हुँदै आएका ‘राइटर नारायण’ नामले चर्चित नेता नारायणकुमार श्रेष्ठ पनि यस पटक पराजित भएका छन् । समानुपातिक आदिवासी जनजाति खुल्ला तर्फबाट उम्मेदवार बनेका श्रेष्ठको लामो विराशत ‘डाँडाघरे’ नामले चर्चित राजकुमार श्रेष्ठको प्रवेशले भत्काएको जानकार नेताहरुको ठम्याई छ ।

समानुपातिक खस आर्य खुल्लाबाट उम्मेदवार बनेका चर्चित नेता शिवराम भण्डारी, ज्वालामुखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोदराज तिमल्सिनाले पनि पराजय भोग्नु परेको छ ।

पार्टीभित्र लामो समय योगदान दिएका निष्ठावान नेताहरू र जनताबाट चुनिएर स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूले नै किन पराजय भोग्नुपर्यो भन्ने विषय अहिले धादिङको कांग्रेस वृत्तमा चर्चाको विषय बनेको छ ।

यो परिणामले धादिङ कांग्रेसमा परम्परागत नेतृत्वप्रतिको मोहभङ्ग पारेको छ भने पार्टी नेतृत्वले कार्यकर्ता र जनतासँगको सम्बन्ध सुधार गर्नुपर्ने पाठ पनि सिकाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
33%
😊
खुशी
0%
😢
दुःखी
67%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

ताजा खबर

जनताले जिताएका तर, कार्यकताको विजयी मत नपाएका कांग्रेस धादिङका नेताहरु को को ?

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

प्रदेश र पालिका सभापतिसहित कांग्रेस धादिङ–१ बाट ४२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

स्थानीय तह निर्वाचनदेखि कट्टर दुष्मन भण्डारी र श्रेष्ठ एउटै टिमबाट महाधिवेशन प्रतिनिधि

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ