जनताले जिताएका तर, कार्यकताको विजयी मत नपाएका कांग्रेस धादिङका नेताहरु को को ?

शंकर श्रेष्ठ

असोज १७, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत भएको अधिवेशनबाट धादिङका तीनवटा गाउँपालिका प्रमुखहरुले महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाका अध्यक्षहरुले आफ्नै पार्टीको आन्तरिक निर्वाचनमा पराजय भोग्नु परेको हो ।

कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका नेता रमेश धमलाले सर्वाधिक १२९७ मतसहित पहिलो स्थान र नेता सेतेमान तामाङले ७२३ मतसहित दशौं नम्बरको विजयी मत पाउँदा पालिका हाँकिरहेका र जिल्लामा नाम चलेका नेताहरुले प्रतिनिधि मतदाताबाट विजयी मत नपाएका हुन् ।

No data was found

१० जना विजयी हुने महाधिवेशन प्रतिनिधि खुल्लातर्फ २० जनाको उम्मेदवारी परेकोमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै ५५८ मतसहित चौंधौं र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती ४५१ मतसहित पन्धौं स्थानमा परे । अपाङ्गता क्लष्टरबाट उम्मेदवारी दिएका नेत्रावती डबजोङ गाउँपालिका मेघनाथ रिजालले ५०२ मत पाए । युवा नेता विनोद रिजालले उनलाई १५१ मतले पराजित गराए ।

जिल्लामा नाम चलेका र खुल्ला क्लष्टरबाट उम्मेदवारी दिएका यूवा नेता सरोज अधिकारी, पुराना नेता बासु तिमल्सिना र तिलक प्रसाद रुवालीले पनि बाहालवाला जनप्रतिनिधिले जस्तै पराजय भोग्नु परेको छ ।

कांग्रेसको ११औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रातिनिधि निर्वाचित हुँदै आएका ‘राइटर नारायण’ नामले चर्चित नेता नारायणकुमार श्रेष्ठ पनि यस पटक पराजित भएका छन् । समानुपातिक आदिवासी जनजाति खुल्ला तर्फबाट उम्मेदवार बनेका श्रेष्ठको लामो विराशत ‘डाँडाघरे’ नामले चर्चित राजकुमार श्रेष्ठको प्रवेशले भत्काएको जानकार नेताहरुको ठम्याई छ ।

समानुपातिक खस आर्य खुल्लाबाट उम्मेदवार बनेका चर्चित नेता शिवराम भण्डारी, ज्वालामुखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोदराज तिमल्सिनाले पनि पराजय भोग्नु परेको छ ।

पार्टीभित्र लामो समय योगदान दिएका निष्ठावान नेताहरू र जनताबाट चुनिएर स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूले नै किन पराजय भोग्नुपर्यो भन्ने विषय अहिले धादिङको कांग्रेस वृत्तमा चर्चाको विषय बनेको छ ।

यो परिणामले धादिङ कांग्रेसमा परम्परागत नेतृत्वप्रतिको मोहभङ्ग पारेको छ भने पार्टी नेतृत्वले कार्यकर्ता र जनतासँगको सम्बन्ध सुधार गर्नुपर्ने पाठ पनि सिकाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
50%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

ताजा खबर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ