काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
धादिङ क्षेत्र नं. २ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै लोकदोहोरी गीत चर्चित छन् ।
कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पछ्याउँदै युवापुस्ता तथा महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने उनको संकल्प छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0