मन्त्री श्रेष्ठद्वारा हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको निरीक्षण

राष्ट्रिय समाचार समिति

असोज १८, २०८३

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उहाँले जानकारी लिनुभएको छ ।
मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यो प्रसारण लाइन निर्माण १२ वर्षअघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति