‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढीपीडित पत्रकार पौडेललाई
राष्ट्रिय समाचार समिति

असोज १८, २०८३

काठमाडौँ। ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी प्रभावित नुवाकोटका पत्रकार निराजन पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि साहित्यकार डा विनोद मञ्जनको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिस समितिले गरेको सिफारिसका आधारमा कमलबहादुर विष्ट स्मृति समाजले उक्त पुरस्कार पौडेललाई दिने निर्णय गरेको संस्थाका डा गायत्री विष्टले जानकारी दिनुभयो ।
करिब १७ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल हाल ‘रातोपाटी डट कम’का वरिष्ठ संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ विशेषगरी अदालत, संवैधानिक आयोग तथा कानुनी मामिला एवं वातावरणसम्बन्धी समाचार सङ्कलन तथा लेखनमा सक्रिय हुनुहुन्छ ।
विसं १९९९ सालमा काठमाडौँको शङ्खरापुर नगरपालिकाको सलम्बुटारमा जन्मनुभएका कमलबहादुर विष्टले ४२ वर्ष निजामती सेवामा आफ्नो जीवन व्यतीत गर्नुभएको थियो । साहित्यमा गहिरो रुचि भएका विष्टका ‘लाउने काठ’ कविता सङ्ग्रहका साथै साहित्यिक पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित भएका छन् ।
स्व विष्टको इच्छाअनुसार उहाँको कमाइको रकमबाट अक्षयकोष खडा गरी विसं २०७८ देखि साहित्य, कला, पत्रकारिताका साथै समाज रूपान्तरणको क्षेत्रमा सक्रिय रहेका युवालाई विष्टको पुण्यतिथिका अवसरमा पुरस्कार समर्पण गर्दै आएको छ । गत भदौ १० गतेको भोटेकोशी बाढीमा परेर पत्रकार पौडेलको मातापिता, काकाकाकी र बहिनीसहित परिवारका पाँच सदस्य बेपत्ता हुनाका साथै नुवाकोटको विदुर नगरपालिका-७ सोले बजारमा रहेको घरसमेत बाढीले बगाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति